IME Life New

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ५ हजार यात्रुले गरे हवाई यात्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो एक महिनाको अवधिमा करिब ५ हजार यात्रुले अन्तर्राष्ट्रिय हवाई उडान भरेका छन्। गत नोभेम्बर ३ देखि डिसेम्बर ३ सम्मको एक महिनाको अवधिमा कुल ४ हजार ७७१ यात्रुले विमानस्थलबाट यात्रा गरेका हुन्।

नागरिक उड्ययन प्राधिकरणका अनुसार भैरहवाबाट अन्तर्राष्ट्रिय गन्तव्यका लागि २ हजार २३८ यात्रुले उडान भरेका थिए। यसैगरी २ हजार ५३३ यात्रु अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आएका थिए।

Esewa
Crest

त्रिभुवन विमानस्थलको पूर्वाधार निर्माणका लागि उडान समयावधि कटौती गरिएपछि प्राधिकरणले विदेशी वायु सेवा कम्पनीलाई भैरहवाबाट उडान गर्न अनिवार्य गरेको छ। प्राधिकरणको दबाब पछि उडान सुरु गरेकामध्ये फ्लाइ दुबई, एयर एसिया र जजिरा एयरवेजले उडानलाई निरन्तरता दिएका छन्।

एक महिनाको अवधिमा गौतम बुद्ध विमानस्थलले १५६ उडान सेवा दिएको छ। यीमध्ये उडान र अवतरण बराबर संख्यामा रहेको थियो। जजिरा एयरवेजले सर्वाधिक ३ हजार ३४ यात्रुलाई सेवा दिएको छ। फ्लाई दुबईले १ हजार १३२ यात्रुलाई भैरहवा र १९ जना यात्रुलाई विदेशका लागि ओसारपसार गरेको थियो।

यस विमानस्थलबाट सञ्चालन हुने अन्य एयरलाइन्समा थाई एयर एसियाले ४४७ यात्रु, कतार एयरवेज ९३, नेपाल एयरलाइन्सले ३९ र चार्टर्ड उडानमा २६ यात्रु रहेका थिए। पछिल्लो समयमा कतार एयरवेजले भैरहवाबाट उडान सेवा बन्द गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सको सम्पूर्ण उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS