IME Life New

गरिमा विकास बैंकको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन् भने बाँकी १ लाख ८ हजार १३०.३२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले किन्न पाउनेछन्।

Esewa
Crest

संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको शेयरमा १५ दिनभित्र खरिद निवेदन दिन सकिनेछ।
दुवै समूहले शेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS