IME Life New

गभर्नर नियुक्तीमा किन हुँदैछ ढिलाई ? राष्ट्र बैंक ऐनमा के छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । देशको केन्द्रीय बैंकको भूमिकामा रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तीमा ढिलाई भएको छ । वर्तमान गर्भनर डा. चिञ्जीवी नेपालको पदावधी आगामी चैत्र ५ गतेसम्म मात्रै छ, ऐनमा भएको व्यवस्था अनुसार सो अगावै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्नेछ । सामान्यतया, गभर्नरको पदावधी सकिने एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गरिसक्ने प्रचलन भएपनि यस पटक चैत्र ५ गते आउन २५ दिन मात्रै बाँकी हुँदा पनि गभर्नर छनौट सुरुवात समेत गरिएको छैन ।

सरकारले गभर्नर नियुक्तीको लागि प्रक्रिया अघि नबढाएको कारण फागुन महिनाभित्रमा गभर्नर नियुक्तीको सम्भावना टरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा २०५८ मा गभर्नर नियुक्तीका लागि निकै लामो प्रक्रिया तोकेको छ । अर्थमन्त्रीको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीको अध्यक्षतामा पूर्व गभर्नर तथा स्वतन्त्र आर्थिक, बाणिज्य कानुन, वित्त व्यवस्थापक विज्ञलाई सहभागी गराएर तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गर्नुपर्नेछ । सो समितिले डेपुटी गभर्नर तथा आर्थिक, मौद्रिक, वित्त, व्यवस्थापन तथा बाणिज्य कानुन क्षेत्रका ज्ञाता मध्येबाट एक जनासहित तीन जनाको नाम गभर्नरमा नियुक्तीका लागि सिफारिस गर्नेछ ।

Crest

समितिले सिफारिस गरेको तीन जनाको नाम पुनः मन्त्रिपरिषदमा पेश गरिनेछ । मन्त्रिपरिषदको बैठकबाट तीन जना मध्येबाट एक जना उपयुक्त व्यक्तिलाई गभर्नरमा नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सो व्यवस्था अनुसारको गभर्नर नियुक्तीका लागि हालसम्म औपचारिक सुरुवात भएको छैन । अर्थात गभर्नर नियुक्तीको कार्यप्रगति शून्य (मन्त्रिपरिषदमा फाइल पुगेर पनि प्रम वा मुख्य सचिवले फाईल रोकेर नराखेको भए) अवस्थामा छ । सातामा दुई पटक बस्ने मन्त्रिपरिषदको बैठकले दुई पटक अनुमोदनपछि मात्रै राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तीको प्रक्रिया पूरा हुनेछ । मन्त्रिपरिषदमा निर्णय गर्नुअघिका केही प्रक्रिया र निर्णय पछि ४८ घण्टापछि मात्रै परिपक्व हुने हुँदा लामो र जटिल प्रक्रिया पूरा गरेपछि मात्रै गभर्नर नियुक्तीको झन्झट सकिनेछ ।

सूत्रहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको कारण गभर्नर नियुक्तीमा ढिलाई भइरहेको जनाएका छन् । नयाँ गभर्नर नियुक्तीको टुंगो लगाउने मात्रै नभएर मौद्रिक समीक्षामा समेत ढिलाई गरेका अर्थमन्त्री खतिवडाले गभर्नर नियुक्तीको लागि समिति गठन गर्ने प्रस्ताव समेत मन्त्रिपरिषदमा लैजान ढिलाई गरिरहेका छन् । सूत्रका अनुसार अर्थमन्त्री डा. खतिवडालाई राष्ट्रिय सभामा पुनः सांसद बनाउने प्रस्ताव मन्त्रिपरिषदबाट अघि बढेपछि मात्रै सबै काम अघि बढाउने मनस्थितिमा रहेको बताइन्छ ।

देशको मौद्रिक नीति तर्जुमा गर्ने, आर्थिक सन्तुलनमा भूमिका खेल्ने गभर्नर बन्नका लागि राष्ट्र बैंककै डेपुटी गभर्नरहरु चिन्तामणि सिवाकोटी, शिवराज श्रेष्ठ, महाप्रसाद अधिकारी, बासुदेव अधिकारी, पूर्व अर्थसचिव राजन खनाललगायतको बलियो सम्भावना रहेको बताइन्छ । राजनीतिक रुपमा नेकपाभित्र प्रम ओलीको आर्थिक नीतिको ट्युनिङ् बुझ्ने व्यक्तिलाई गभर्नर बनाउने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS