IME Life New

गत आर्थिक वर्षमा कृषि बीमाको दावी भुक्तानी घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कृषि बीमाको प्रबद्र्धनको लागि आर्थिक वर्ष २०७०।७१ बाट सुरु गरेको कृषि बीमामा दाबी रकम बढ्दै गएपनि गत आर्थिक वर्षमा छ भने छ करोड रुपैयाँले घटेको छ । किसानहरु बाली तथा पशुपंक्षी बीमामा आकर्षित हुने क्रम बढेसँगै दाबी भुक्तानी पनि बढ्ने क्रममा रहेकोमा यस वर्ष भने घटेको छ ।

Source : Beema Samiti

बाली तथा पशुपंक्षी बीमा दावी भुक्तानीमा सुरुवाती वर्ष जम्मा ५ करोड ९९ लाख खर्च गरेकोमा आव २०७५।०७६ मा ५६ करोड दावी भुक्तानी गरेको थियो । तर पछिल्लो पटक गत आवमा ५० करोड ४ लाख रुपैयाँ दावी भुक्तानी गरेको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ । बीमा समितिको तथ्याङ्क अनुसार ७ बर्षको अवधिमा कृषि दाबी भुक्तानी पनि बढ्दै गएको भएपनि गत आवमा भने करिब १० प्रतिशतले घटेको छ ।

Esewa
Crest

त्यस्तै, आर्थिक बर्ष २०७२।७३ मा १४ करोड ९८ लाख ४२ हजार रुपैयाँ, आ.व २०७३।७४ मा २५ करोड ५८ लाख ६९ हजार रुपैयाँ, आ.व २०७४।७५मा ३१ करोड ६२ लाख ८४ हजार रुपैयाँ, आ.व २०७५।७६ मा ५६ करोड ७७ लाख ६७ हजार रुपैयाँ, आ.व २०७६।७७ मा ५० करोड ४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको अन्त्यसम्ममा अन्नबाली अन्तर्गत मात्रै १८ करोड ५० लाख रुपैयाँ बीमा दावी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS