IME Life New

गतिलो बाउन्स ब्याक भएको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको बिहीबार गतिलो बाउन्स ब्याक भएको छ। लगातार घटिरहेको बजार आज नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ को विन्दु पुगेको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह उकालो लागेको छ भने एउटा समूहमात्रै ओरालो लागेको छ। आज जलविद्युत समूह सर्वाधिक ४.२४ प्रतिशतले बढेको भने म्युचुअल फन्ड समूह ०.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज २२९ कम्पनीको शेयरभाउ बढ्दा १२ वटाको घटेको छ भने ३ वटाको स्थिर रहेको छ। हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। आज ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ४७ करोड ६५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ४८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १२ लाख रुपैयाँ
  • अपी पावरः १८ करोड ८३ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १७ करोड ९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १६ करोड ६१ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १५ करोड ५५ लाख रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः १४ करोड २ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १३ करोड ९० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १३ करोड २१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS