IME Life New

गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ६९ युनिट रगत संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा आइतवार प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले गरेको रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष दाहालले रक्तदान जीवन दान भएकाले रक्तदान गरि पुन्य लाभ लिनका लागि अनुरोध गर्दै सम्पुर्ण रक्तदातालाई धन्यवाद दिए ।

कार्यक्रममा प्रमुख अतिथि निप्स पोखरा च्याप्टरका अध्यक्ष वद्रीनाथ पौडेलले बीमा प्राधिकरणले गरेका गतिविधिको प्रशंसा गर्दै वार्षिकोत्सबको सफलताको शुभकामना व्यक्त गर्दै स्वस्थ व्यवसाय गरि बीमा व्यवसायको दायरा वढाउनकका लागि आग्रह समेत गरेका थिए ।

Esewa
Crest

उक्त रक्तदान कार्यक्रम प्राधिकरणको प्रदेश कार्यालय पोखरामा भएको थियो। जीवन, लघु तथा निर्जीवन बीमाका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर, लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रम संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS