IME Life New

खुलेन त्रिशूली जलविद्युत कम्पनीको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीको शेयर बिहीबार कारोबारमा आउन सकेन।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेस प्रिओपन सेसनमा त्रिशूल जलविद्युतको शेयर किनबेच हुन नसकेपछि नियमितसत्रका लागि कारोबारमा आउन नसकेको हो। त्रिशूली जलविद्युत कम्पनीको शेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। आइपीओ निष्कासनको लामो समयपछि त्रिशूली जलविद्युत कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेले त्रिशूली जलविद्युत कम्पनीलाई ‘टीभीसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने कम्पनीले प्रतिकित्ता न्यूनतममा ८९.३८ रुपैयाँ र अधिकतममा २६८.१४ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। अब आउँदो आइतबार प्रि–ओपसन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको शेयर किनबेच भएमा नियमितसत्रमा कारोबारमा आउनेछ।

यो कम्पनीको आइपीओ मंगलबार नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा त्रिशूली जलविद्युत कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण (कर्मचारीसहित)को ३७ लाख ५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड ४८ लाख २० हजार कित्ता ९८० प्रतिशत० रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS