IME Life New

खल्तीका ग्राहकले अनलाइनबाट खाद्यान्न सामाग्री किन्दा मोबाइल वालेटबाटै भुक्तानी गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाद्यान्न लगायतका सामाग्रीको भुक्तानी मोबाइल वालेटबाटै गर्नसक्ने भएका छन् ।

ग्राहकले कम्पनीको लभउबािययम।नयख।लउ वेवसाइटमा गएर आफूलाई आवश्यक पर्ने सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नुपर्ने छ । त्यसपछि मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ ।

Esewa
Crest

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, कर्णाली को सिमी, गेडागुडी, दूग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलोलगायतका सामग्रि विक्री गर्दै आएको छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र होम डेलिभरी समेत दिँदै आएको जनाएको छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्तीु वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS