IME Life New

खप्तड लघुवित्तको साधारण सभाको मिति तय, आईपीओ निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैकठले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे होटल नमस्ते, अत्तरीयामा हुने जानकारी गराएको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री बस्याल एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स पुनः नियुक्ति हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आव संशोधन गर्ने सम्बन्धमा, यस बित्तीय संस्थामा अन्य लघुबित्त बित्तीय संस्था वा अन्य लघुबित्त बित्तीय संस्थामा यस बित्तीय संस्था गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस वित्तीय संस्थाको आथिृक वर्ष २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन
गर्ने सम्बन्धमा, बित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS