IME Life New

क्लोजआउटमा परेका शेयर लगानीकर्ताले तिरे रु. ५.१२ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ)मा शेयर लगानीकर्ताले क्लोजआउटबापत ५ करोड १२ लाख रुपैयाँ बढी जरिवाना तिरेका छन्।

सीडीएससीका अनुसार साउन र भदौमा शेयर लगानीकर्ताहरुले क्लोजआउटमा परेर ५ करोड १२ लाख २२ हजार ६८८ रुपैयाँ तिरेका हुन्। शेयर बेचेर समयमै ईडीआईएस नगर्दा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गर्छन्। क्लोजआउटमा परेका लगानीकर्ताले ईडीआईएस नगरेको शेयरको कुल कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्छ।

Esewa
Crest

क्लोजआउटमा परेका लगानीकर्ताले साउनमा ३ करोड १ लाख ५५ हजार ९०१ रुपैयाँ र भदौमा २ करोड १० लाख ६६ हजार ७८६ रुपैयाँ जरिवाना तिरेका छन्।

साउनमा ५ हजार १२५ कारोबारमा ३ लाख ४१ हजार ३३० कित्ता शेयरको १५ करोड ७ लाख ७९ हजार ५०९ रुपैयाँबराबरको क्लोजआउटका घटना भएका थिए। भदौमा ३ हजार ३९७ कारोबारमा २ लाख ३९ हजार ५३७ कित्ता शेयरको १० करोड ५३ लाख ३३ हजार ९३० रुपैयाँबराबरको क्लोजआउटका घटना भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS