IME Life New

क्रेस्ट माइक्रो लाइफको नाफा रु. ४० लाख माथि, जीवन बीमा कोषमा करिब पौने ५ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ४४ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

Crest

समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ८ लाख ९३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ लाख १३ हजार रुपैयाँ र अन्य इक्विटीमा ८९ हजार रुपैयाँ बढी रहेको छ। अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा ४ लाख ९३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३९ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ४९ हजार रुपैयाँ बढी रहेको थियो।

शेयर पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ६३ हजार रुपैयाँ बढी थियो।

समीक्षा वर्षमा कम्पनीले ९ करोड ७६ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६३ हजार रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्ष ३५ हजार रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा ८ करोड ४२ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ०.७० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS