IME Life New

चार महिनामा लघु निर्जीवन बीमकले भित्र्याएर रु. ३६.६५ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ४ महिना कात्तिकसम्म ३६ करोड ६५ लाख रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको कात्तिकसम्म उक्त रकमबराबरको कुल बीमाशुल्क संकलन गरेका हुन्।

Esewa
Crest

यो अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३६ हजार ७२६ वटा बीमालेख बिक्री गरेर ९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३१ हजार ८१४ वटा बीमालेख बिक्री गरेर ९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

कात्तिकसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्स २६ हजार ७८१ वटा बीमालेख बिक्री गरेर ९ करोड ४३ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ३३ हजार ५५४ वटा बीमालेख बिक्री गरेर ७ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS