IME Life New

क्यापिटल न्यूज नेटवर्क पाँचौं वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको पहिलो न्यूज पोर्टल सञ्चालन गर्ने उद्देश्य लिएर स्थापना भएको क्यापिटल न्यूज नेटवर्क प्रा.लि. आजबाट चौथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको छ । क्यापिटल न्यूज नेटवर्क २०७४ साल पुस १७ गते अर्थात् १ जनवरी, २०१८ मा स्थापना भएको हो । इन्स्योरेन्स खवर डटकमको प्रबर्द्धक कम्पनी क्यापिटल न्यूज नेटवर्क हो। आम पाठक, बीमा कम्पनीहरु, नियामक निकाय, शुभेच्छुकहरुको माया तथा सहयोगबाट नै यहाँसम्मको यात्रा संभव भएको हो ।

आम नागरिकलाई बीमाको कखगबारे सुसूचित गराउँदै बीमा जागरणको अभियान हाम्रो मूल ध्येय हो । बीमा सचेतना अभियान संचालन गरिरहँदा हामीले बीमा क्षेत्रमा विद्यमान र संभावित विकृतिमाथिको खबरदारीलाई पनि उत्तिक्कै प्राथमिकतामा राखेका छौं । नीतिगत सुधार नभएसम्म बीमा क्षेत्रको भविष्य दीर्घकालसम्म सुरक्षित बनाउन संभव नभएकाले नै हामीले यसको संवेदनशीलतालाई हृदयंगम गरेर निरन्तर खबरदारी जारी राखेका छौं । बीमा क्षेत्रको विकृति विसंगतीलाई हटाउँदै सङ्गलो बनाउने अभियानको सफलतामा सबै पक्षको होष्टेहैंसे अपरिहार्य छ ।

Esewa
Crest

पछिल्ला केही घटनाक्रमहरुले बीमा क्षेत्रको नियामक निकाय बीमा समिति निष्पक्ष हुन नसकेको गुनासो अलि ठूलो स्वरमा सुनिन थालेको छ । समितिको जनशक्ति, संरचना, प्राविधिक दक्षताको कारण प्रभावकारी सुपरिक्षण हुन सकेको छैन । चुनावी खर्चको जोहो गर्नको लागी ‘भोर जुवा’ झैं यस पटक पनि नयाँ बीमा कम्पनीका लागी इजाजत पत्र वितरण गर्ने तयारी चलिरहेको छ । तर भइरहेकै बीमकलाई प्रभावकारी नियमन र सुपरिक्षण गर्न नसकेको गुनासो आइरहेका बेला थपिने संख्याले अवश्य पनि केही व्यवसायीक अवसरसँगै नियमनका लागी जटिलता पनि सँगसँगै निम्त्याउने छ ।

बीमा सेवा प्रदायकहरुको संख्या बढ्दै जाँदा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट प्रभावकारी र सशक्त भूमिका अपेक्षा गरिनु स्वाभाविक हो । बीमा जागरण, बीमामा आम नागरिकको पहुँच विस्तार, बीमकको जोखिममा आधारित पूँजी, बीमकको लगानी विविधिकरणमा सहजीकरण, बीमकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता, मुद्रा निर्मलीकरण नियन्त्रणको लागि प्रभावकारी सूचना प्रणालीलगायत दर्जनौं नीतिगत सुधार र कार्यान्वयनको लागी बीमा समितिको भूमीका अपेक्षित छ । नियामक निकायले बीमा क्षेत्रमा हुने कुनै पनि गतिविधि विधिसंगत हो वा होइन भन्न कुनै अमूक शक्तिबाट निर्देशित हुने स्थिति हुनु हुँदैन।

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले आम पाठकको आलोचनात्मक सुझावलाई शिरोपर गर्दै बीमा सचेतनाको लागी क्यापिटल न्यूज नेटवर्कले भावी दिनहरुमा श्रव्यदृश्य सामाग्रीको उत्पादनलाई प्राथमिकताको साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष भण्डारीले आम पाठक, बीमक, नियामक निकाय, विज्ञापनदाता, सहकर्मी र शुभेच्छुकहरुको निरन्तर साथ र सहयोगबाट आगामी दिनमा कम्पनीलाई अझै प्रभावकारीरुपमा अघि बढाउन ठूलो उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS