IME Life New

कोरोना महामारीकै बीचमा साउनमा १० अर्ब भन्दा बढि जीवन बीमाशुल्क आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीकै बीचमा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले १० अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । बीमा क्षेत्रमा कोरोना महामारीको गम्भिर असर पर्ने चर्चा भइरहँदा बीमा शुल्क आम्दानी विगतमा भन्दा बृद्धि भएको छ । बीमा समितिको तथ्याङ्क अनसार हाल संचालनम रहेका जीवन बीमा कम्पनीहरुले साउन महिनामा १० अर्ब १४ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

साउन महिनामा जीवन बीमा कम्पनीको दुई अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने नविकरण बीमा शुल्क वापत सात अर्ब ९२ करोड रहेको छ भने बैदेशिक रोजगार बीमा शुल्क शुन्य छ ।

Esewa
Crest

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार साउन मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले तीन अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले एक अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साउन महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशनले एक अर्ब ५ करोड रुपैयाँ, एशियन लाइफले ५२ करोड रुपैयाँ, यूनियन लाइफको ४८ करोड रुपैयाँ, मेट लाइफले ४४ करोड रुपैयाँ, प्राइम लाइफले ३७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३६ करोड रुपैयाँ, सुर्या लाइफले ३५ करोड रुपैयाँ, गुँरास लाइफ ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

सिटिजन लाइफले २२ करोड रुपैयाँ, आइएमई लाइफले २० करोड रुपैयाँ, ज्योति लाइफले १८ करोड रुपैयाँ, रिलायबल लाइफले १६ करोड रुपैयाँ, रिलायन्स लाइफले १२ करोड रुपैयाँ सन नेपाल लाइफले ११ करोड रुपैयाँ , सानिमा लाइफले ९ करोड रुपैयाँ, प्रभु लाइफले ८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

Source : Beema Samiti

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS