IME Life New

कोरोना भाइरसको कारण विश्वकै ठूलो पुनर्बीमा कम्पनीलाई ठूलो नोक्सानी, यस्तो आयो प्रथम त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कोरोना भाइरसको कारणले गर्दा विश्वकै सबै भन्दा ठूलो पुनर्बीमा कम्पनी स्वीस री लाई २०२० को प्रथम त्रैमासमा ठूलो नोक्सानी भएको छ।

Esewa
Crest

कम्पनीले प्रकाशित गरेको  वर्ष २०२० को प्रथम त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी २२५ मिलियन अमेरिकी डलर घाटामा रहेको छ। गत वर्ष प्रथम त्रैमासमा कम्पनीले ४२९ मिलियन अमेरिकी डलर खुद मुनाफा गरेको थियो ।

कम्पनी घाटामा  गएपनि कम्पनीको बीमा शुल्क आर्जन भने वृद्धि भएको छ।  बीमा शुल्क आम्दानी वृद्धि हुँदै  ९५८६ मिलियन अमेरिकी डलर पुगेको छ ।  जुन १ वर्ष अघिको तुलनामा ७ दशमलव ४ प्रतिशत धेरै हो।

स्वीस  री ग्रुप  विश्वकै ठूलो पुनर्बीमा कम्पनी हो।  सन् १८६३ मा स्थापना भएको यस कम्पनीको प्रधान कार्यालय स्विजरल्याण्डमा रहेको छ र विश्वभर यस कम्पनीका ८० कार्यालय छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS