IME Life New

कोरोना बीमा गर्नेको संख्या चार लाख १७ हजार पुग्यो, २२ करोड ९२ लाख बीमा शुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार बुधबारसम्ममा चार लाख १७ हजार ९५८ जनाले कोरोना बीमा गराएका छन् । यस अवधीमा २२ करोड ९२ लाख ६६ हजार ६६९ रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । गत साता कोरोना बीमा गराउनेको संख्या तीन लाख हाराहारी मात्रै थियो ।

हालसम्म ३७ हजार ५८ वटा पोलिसी बिक्री गरी सो संख्यामा मानिसहरुले कोरोना बीमा गराएका हुन् । कोरोना बीमा सामूहिक रुपमा गर्नेहरु बढेको देखिएको छ ।

Esewa
Crest

गत साता कोरोना बीमा स्थगित हुनु अघिल्लो दिनसम्म तीन लाख हाराहारी रहेको संख्या कोरोना बीमा पुनः सुरु भएसँगै करिब एक लाख जनाले कोरोनाको जोखिम बीमा पुलमा हस्तान्तरण गरेका छन् । कोरोना बीमा, बीमा समितिको पहलमा महामारीको समयमा जनतालाई राहत दिन ल्याइएको बीमा योजना हो ।

यस योजना अन्तर्गत सामूहिक रुपमा ६०० र ३०० रुपैयाँ शुल्क तिरेर क्रमशः एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको बीमा सुविधा पाइन्छ । कोरोना बीमा कोभिड–१९ भाइरस पिसिआर टेष्टमा पुष्टि हुने वित्तिकै दावी भुक्तानी पाइने बीमा सेवा हो । बीमा समितिले गत साताको बिहिवार स्थगित शुक्रबार पुनः सुचारु गर्दा अब नयाँ जारी हुने बीमा २०७७ साल चैत्र मसान्तसम्म मात्रै जोखिम रक्षावरण गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS