IME Life New

कोरोना बीमाको लागि पेश भएका पिसिआर रिपोर्टहरुमा समस्या, स्वास्थ्य मन्त्रालयले निकाल्यो बक्तव्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दावी भुक्तानीको लागि पेश भएको पिसिआर रिपोर्टमा कैयौं समस्याहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसूचना केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले हिजो एक सूचना प्रकाशित गर्दै कोरोना बीमाको लागि बीमा कम्पनीहरुमा बीमितहरुले पेश गरेको पिसिआर रिपोर्टको नाम, थरका हिज्जे, उमेर, ठेगाना रुजु गर्दा भेट्टाउन नसकिएको जनाएको छ ।

Esewa
Crest

डा. अधिकारीले बक्तव्यमा भनेका छन्, हालसम्म ९३९२ जनाको भेरिफिकेशन सम्पन्न भइसकेको छ । कोरोना बीमा दावीका लागि पेश भएका मिति जस्ता न्यूनतम् विववरण अपूर्ण भएको र कतिपय व्यक्तिहरुको नाम, थर, ठेगाना, पिसिआर नतिजा रिपोर्ट मिति जस्ता न्यूनतम विवरण अपूर्ण भएको र कतिपय व्यक्तिहरुको विवरण मन्त्रालायमा रहेका तथ्याङसँग रुजु गर्दा भेट्टाउन नसकिएको अवस्था छ ।’
मन्त्रालयले कोरोनाको पिसिआर टेष्ट गर्दा नाम, ठेगाना, उमेर आदि सही विवरण दिएर परिक्षण गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS