IME Life New

कोरोना प्रतिरोधात्मक जुस किन्दा रिचार्जरले १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ ।

रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सी युक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरुलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो ।

Esewa
Crest

उक्त सेल अवधिमा जुस अडर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडीम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाईल एप डाउनलोड गरि खाता सञ्चालन गर्ना साथ एक हजार क्यास प्वाइण्ट पाईने रिचार्जरले जनाएको छ ।

‘अहिले बजारमा १० ओटा मास्कको मूल्य नै एक हजार रुपैया भन्दा धेरै पर्छ । त्यहि भएर थाईल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटि बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’ अलाईभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ । मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टा भित्रमा डेलिभरी हुनेछ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS