IME Life New

कोरोनाको कारण जापान आर्थिक संकटमा फस्दै, आर्थिक अवस्था बिग्रियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल जापानीहरुले गर्ने खर्चमा निकै कमी आएको छ। कोरोना महामारीले विश्व आंतकित गराइरहदा जापानीहरुले आफुले गर्ने खर्चमा कमी गरेका हुन् । सरकारी तथ्यांक अनुसार जाापानीहरुको घरायसी खर्च १६ दशमलव २ प्रतिशतले घटेको छ। विश्वको तेस्रो ठूलो अर्थतन्त्र मानिएको जापानलाई कोरोना महामारीले धेरैप्रभावित बनाइरहेको देखिन्छ।

जापानमा ब्यापारिक गतिबिधिको आधार मानिने ओभरटाइम पे मा गत वर्षभन्दा २५ दशमलव ८ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१३ यताकै सबैभन्दा गिरावट भएको अवस्था हो। गत महिनामात्रै जापान साढे चार वर्षपछि मन्दीतर्फ गएको तथ्यांक सार्वजनिक भएको थियो। अक्टोबर डिसेम्बर त्रैमासमा जापानी अर्थतन्त्रमा ७।२ प्रतिशतको संकुचन देखिएको थियो।

Esewa
Crest

जापानीहरुको होटल, यातायात तथा बाहिर खाने प्रचलनमा ऐतिहासिक रुपमै कमी आएको तथ्यांकले देखाएको छ। हाल जापानीहरुले खरिद गर्ने वस्तुमा मासु, मदिरा र मास्क अधिक रहेको बताइएको छ।

गत वर्षभन्दा जापानीहरुको वास्तविक आयमा २ दशमलव १ प्रतिशतले गिरवाट आएको छ जुन सन् २०१५ यताकै तीब्र गिरवाट हो। जापानको श्रम मन्त्रालयका अधिकारीले कोरोना महामारीको प्रभावका कारण ओभरटाइम रकम दिन नसकिएका कारण वास्तविक आयमा निकै कमी आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS