IME Life New

के–के मार्टमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्वको समयलाई मध्यनजर गर्दै ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र के–के मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरेको छ । यस योजना अन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा

कनेक्टआइपीएसका प्रयोगकर्ताहरुले के–के मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो अफर यही असोज १८ देखि ३० गतेसम्म उपलब्ध हुनेछ ।

Esewa
Crest

उक्त अफरमा ग्राहकहरुले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछजन् । के–के मार्टमा डाइनामिक क्युआर को रुपमा उपलब्ध रहेको नेपाल पे क्युआरमा ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्टआइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो मध्येको एक रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपाल पे क्युआर मोबाइल बैंकिङ्ग एप, वालेट तथा कनेक्टआइपीएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआर मा ६ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS