IME Life New

केही दिनमा अनलाइन ट्रेडिङ प्रणालीमामा सुधार नआए नेप्से घेराउ गर्ने लगाीकर्ताहरुको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अनलाईन ट्रेडिङ आएपछी बजार बढ्नुपर्नेमा घट्दै गएको हामीले देखीरहेका छौ । तिहार अगावै तामझामका साथ उद्घाटन गरिएको अनलाईन ट्रेडिङ  प्रति सबैको सकारात्मक धारणा रहेको थियो । करीब १९ करोड भन्दा बढी खर्च गरेर ल्याईएको अनलाईन ट्रेडिङ मा २ हप्ता भन्दा बढी समय बित्दा पनि यसमा खासै सुधार भन देख्न सकिएको थिएन् ।

Esewa
Crest

अन्तरराष्ट्रिय बजारको इतिहासमा अनलाईन प्रणालीको शुरुवातपछिको दिनलाई हेर्न हो भने ६० प्रतिशतसम्म बजार बढेको अनुभवका आधारमा शेयरमा लगानी गरेका लगानीकर्ता नेप्सेको फितलो ब्यस्थापनबाट निराश बन्नु परेकोमा सघंले आपत्ति ब्यक्त गरेको छ ।

यसै बीचमा नेपाल पुँजीबजार लगानीकर्ता संघले मंग्लबार नेप्सेको प्रमुख कार्यकारीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो । अनलाईन  ट्रेडिङ आएपछी बजार निरन्तर घटीरहेको हुँदा, अनलाईन टे«डिङ आएको १५ दिन बितिसक्दा पनि यसमा कुनै सुधार नआएको कारण कुनै सुधारका संकेत नदेखिनुलाई कतै यो प्रणाली असफल बनाउने खेल भएको त होईन ? भन्दै शंका ब्यक्त गरिएको छ ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा कात्तिक २० गतेबाट शुरु भएको अनलाइन ट्रेडिङ प्रणालीमा एक दुई दिन भित्रै सुधार नगरे नेप्सेमा घेराउ गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS