IME Life New

केदार कार्की काेशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् । प्रदेश मुख्यमन्त्री पदका लागी भएकाे निर्वाचनमा कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि संविधानको धारा १६८ (५०) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पदका लागि काँग्रेस प्रदेश सभा सदस्य कार्कीसँग माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले प्रतिस्पर्धा गरेका थिए । कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए । आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए । दुबै उम्मेदवारले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले शनिबार सनाखत गर्दा कार्कीको पक्षमा ४७ जनाले नै उपस्थित भएर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्  ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS