IME Life New

कृषि विकास बैंक ह्याक गरी चार करोड ८८ लाख लुट्ने पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजमा कृषि विकास बैंकको सिष्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गर्ने घटनाको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साल असोजको पहिलो सातामा श्रृंखलाबद्ध रुपमा भएको सो घटनाका मुख्य अभियुक्त धादिङ रुवीभ्याली गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३६ बर्षिय सौजन तामाङलाई आइतबार प्रहरीको महानगरीय अपराध महाशाखाले राजधानीका जावलाखेलबाट पक्राउ गरेको हो ।

तामाङको योजनामा २०७६ असोज ७ गते कृषि विकास बैंकको न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रकमान्तर भएकोमा नौ लाख ५० हजार भुक्तानी भएको थियो । बाँकी रकममध्ये श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश भएको अवस्थामा सो घटनाको सुक्ष्म विश्लेषणको क्रममा बैंकका खजाञ्चीले पत्ता लगाई तत्कालै शाखामा सम्पर्क गरी प्रहरी समक्ष उजुरी गरेपछि घटनाको बास्तविकता बाहिर आएको थियो ।

Esewa
Crest

तामाङको टोलीले बैंकको सिष्टम ह्याक गरी बैंकको खाताबाट विभिन्न व्यक्तिको नाममा रकमान्तर गरिएको थियो । सो क्रममा सो ह्याकरको समुहले चार करोड ८८ लाख ४६ हजार रुपैयाँ कृषि विकास बैंकबाट चोरी गर्न सफल भएका थिए । उक्त ह्याक काण्डमा अन्य अभियुक्तहरु श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS