IME Life New

कृषि बीमा बन्द हुँदा समेत प्राधिकरणले समस्या समाधानमा चासो नदेखाएको कृषकहरुको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि बीमा बन्द हुँदा समेत प्राधिकरणले समस्या समाधानमा चासो नदेखाएको कृषकहरुले गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेशको आयोजनामा सम्पन्न भएको बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा कृषकहरुले यस्तो गुनासो गरेका हुन् ।

कृषि बीमामा सरकारले दिने अनुदानमा समस्या देखाई बीमकहरुले बीमा सेवा नै बन्द गर्दा समेत प्राधिकरणले समस्या समाधानमा चासो नदेखाएको गुनासो कृषकहरुले गरेका थिए ।

Esewa
Crest

उनीहरुले मौरी बीमा गर्दा बीमकले मौरी मरेको देखाउनुपर्ने भन्ने गरेको तर मरेको मौरीहरु घारबाट मौरी आफैले सफा गर्ने हुँदा सो सम्बन्धमा जटिलता रहेको दुखेसो व्यक्त गरेका थिए ।

यसका साथै बीमा कम्पनीहरुले नियमानुसार बीमा दाबी भुक्तानी निर्धारित समयमा नदिई दुःख दिने गरेको र प्राविधिक तथा जनशक्तिको अभावले बीमा सेवा दिन नसकिने बताउँदै बीमकहरु पन्छिने गरेको बताउँदै यसबारे प्राधिकरणको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।

कृषि तथा लघु बीमालाई सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पहुँच विस्तार गर्ने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै सरोकारवालाहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका निमित्त सचिव परशुराम रावतले कृषि तथा पशुपन्छी बीमाका बारेमा कृषकहरूलाई जागरूक गराउन कम्तीमा पनि वडा वडामा पुगेर बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए । साथै, उनले बीमा प्रक्रियालाई सहज एवम् सरल बताउनुपर्ने र अनुगमनलाई कडाईका साथ अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले नेपालमा हालको बीमाको अवस्था, नेपाल बीमा प्राधिकरणको परिचय, कार्यहरु, बीमा प्रवर्द्धनमा गरेका प्रयासहरु, प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवस्था र कृषि तथा लघु बीमाबारे प्रस्तुतिकरण दिएका थिए ।

साथै, उनले कृषि बीमाको प्रमियमा प्रदान गरिने अनुदान सरकारले समयमानै प्रदान नगर्दा र बीमकले पनि यस बीमालाइ प्रथामिकतामा नराख्दा समस्या वढ्दै गएकोले सम्वन्धित सरोकारवालाले तत्काल समाधानको लागि पहल गर्नु पर्ने बीमा प्राधिकरणले यसकालागि पहल गरिरहेको हुँदा सम्वन्धित सरोकारवालाले समेत थप दवावको जोड गर्नु पर्ने वताए । साथै बीमकका प्रतिनिधिलाइ बीमा बजारमा सुशासन कायम गर्न, अस्वस्थ प्रतिष्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, कृषि विभाग र पशु सेवा विभागका पदाधिकारी, व्यवसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, अगुवा कृषक, निर्जिवन तथा लघु बीमा कम्पनीका प्रादेशिक प्रमुखहरु गरी करिब ७० जनाको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS