IME Life New

कृषि बीमाबापतको भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा पठायौँः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि बीमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ नेपाली बीमा प्राधिकरणको खातामा पठाइएको बताएका छन्।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि बीमाबापतको भुक्तानी पठाइएको जानकारी गराएका हुन्। ‘कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ किसानको बीमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको छ’, उनले भने।

Esewa
Crest

यसैगरी धेरै समयदेखि ३५ जिल्लाका १५ लाखभन्दा बढी दुग्ध किसानलाई सरकार बनेको १०० दिनभित्र भुक्तानी दिएको पनि ओलीले जानकारी दिए। ‘करिब ७५ हजार उखु किसान, जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरुले पनि आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन्’, उनले भने।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको कानुनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको पनि बताए। ‘अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्नेबित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई गर्यो’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS