IME Life New

कुपोषणपछि मृत्युको ठूलो कारण वायु प्रदूषण, ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ८१ लाख मानिसको मृत्यु हुने गरेको छ। वायु प्रदूषणका कारण सबैभन्दा धेरै भारत र चीनमा मानिसको ज्यान जाने गरेको छ।

त्यतिमात्र होइन विषाक्त हावाले हरेक वर्ष ७.०९ लाख बालबालिकाको ज्यान लिन्छ। त्यो पनि ५ वर्षभन्दा कम उमेरका बालबालिका बढी सिकार हुन्छन्।

Esewa
Crest

हालै अमेरिकी अनुसन्धान संस्था हेल्थ इफेक्ट्स इन्स्टिच्युट (ज्भ्क्ष्) ले गरेको अध्ययनमा युनिसेफ पनि संलग्न छ। विश्वभर वायु प्रदूषणका कारण ५ वर्षमुनिका ७.०९ लाख बालबालिकाको मृत्यु भएको अध्ययनमा उल्लेख छ। जसमध्ये १.६९ लाखभन्दा बढी बालबालिका भारतका थिए।

त्यसपछि १.१४ लाख बालबालिकाको मृत्यु भएको नाइजेरिया दोस्रो स्थानमा छ। ६८ हजार १ सय बालबालिकाको मृत्यु भएको पाकिस्तान तेस्रो स्थानमा छ। त्यसपछि ३१ हजार १ सय बालबालिकाको मृत्यु भएको इथियोपिया र त्यसपछि १९ हजार १ सय बालबालिकाको मृत्यु भएको बंगलादेश रहेको छ। यसको अर्थ ५ वर्षमुनिका १५ प्रतिशत बालबालिकाको मृत्युको कारण विषाक्त हावा नै हो।

दक्षिण एसियामा मानिसको मृत्यु हुनुको कारण प्रदूषणमात्र होइन। त्यसपछि उच्च रक्तचाप, खाना र सुर्तीजन्य पदार्थ पनि प्रमुख कारण हुन्। केटाकेटीसँगै वयस्कको तथ्यांक समावेश गर्ने हो भने भारत र चीनमा वायु प्रदूषणका कारण ४४ लाख मानिसले ज्यान गुमाएका छन्। यसको मतलब सम्पूर्ण विश्वमा हुने मृत्युको ५४ प्रतिशत हो।

विश्वमा बढ्दो वायु प्रदूषणका कारण प्रत्येक घन्टा ५ वर्ष वा सोभन्दा कम उमेरका ८० बालबालिकाको मृत्यु भइरहेको छ। ७.०९ लाख बालमृत्युमध्ये ७२ प्रतिशत घरभित्रको प्रदूषणका कारण भएको थियो। तर, २८ प्रतिशतको मृत्युको कारण पीएम २.५ रहेको छ।

कुपोषणपछि ५ वर्ष मुनिका बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण वायु प्रदूषण हो। समयपूर्व जन्म, कम तौल, दम र फोक्सोका रोग समावेश थिए। भित्री खाना पकाउने क्रममा प्रदूषित इन्धन र वायु प्रदूषणका कारण ज्यान गुमाउने बालबालिकाको मृत्युका लागि जिम्मेवार थियो।

सबैभन्दा बढी बालबालिकाको मृत्यु अफ्रिका र एसियामा भएको छ। सन् २०२१ मा वायु प्रदूषणका कारण विश्वभर ८१ लाख मानिसको मृत्यु भएको थियो। यसको मतलब वायु प्रदूषण संसारमा दोस्रो सबैभन्दा ठूलो मृत्युको कारण हो। वायु प्रदूषणका कारण हुने मृत्युमध्ये ९० प्रतिशत मुटुरोग, पक्षघात, मधुमेह, क्यान्सर र सीओपीडीजस्ता नसर्ने रोगका कारण हुने गरेको छ।

यस प्रतिवेदनमा विश्वभरका २०० भन्दा बढी देश र क्षेत्रबाट डाटा समावेश गरिएको छ। वायु प्रदूषणबाट हुने विश्वमा हुने मृत्युमध्ये ९० प्रतिशतभन्दा बढी पीएम २.५ बाट हुने गरेको छ। हावामा मिसिएको यो अदृश्य विषले हरेक वर्ष ७८ लाख मानिसको ज्यान लिइरहेको छ।

राम्रो कुरा यो हो कि विश्वका धेरै देशमा यी सूक्ष्म कणको स्तर स्थिर वा घट्दै गएको छ। विश्वव्यापी रुपमा हेर्दा पीएम २.५ को औसत स्तर ३१.३ माइक्रोमिटर प्रति घनमिटर हो। ५ वर्ष मुनिका बालबालिकामा वायु प्रदूषणसम्बन्धी रोगको जोखिम सन् २०१० देखि ३५ प्रतिशतले घटेको छ। विश्वमा भित्री वायु प्रदूषणका खतराबारे सचेतना बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS