IME Life New

कुन–कुन जलविद्युत कम्पनी छन् मार्जिन कारोबारयोग्य ? हेरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरिसकेको छ।

मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ। नेप्सेमा विभिन्न मापदण्डका आधारमा १०२ वटा कम्पनीलाई मार्जिन कारोबारयोग्यको सूचीमा राखेको छ।

Esewa
Crest

यो सूचीमा १५ वटा जलविद्युत कम्पनी परेका छन्। नेप्सेले अरुण काबेली पावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट, बुटवल पावर, चिलिमे हाइड्रोपावर, कालिका पावर, माण्डु हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत र रिडी पावरलाई मार्जिन कारोबारयोग्य कम्पनी मानेको छ।

त्यस्तै रुरु जलविद्युत परियोजना, सानिमा माई हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर र युनाइटेड इर्दी मर्दी एन्ड आरबी हाइड्रोपावर पनि मार्जिन कारोबारयोग्य कम्पनीमा पर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS