IME Life New

किन ओझेलमा पर्यो ‘नेप्से–३०’ ?, यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याउने भनेको नयाँ इन्डेक्स ‘नेप्से–३०’ ओझेलमा परेको छ।

नेप्सेले गत साउनमै नेप्से–३० सञ्चालनमा ल्याउने भनेको थियो। यसका लागि सम्पूर्ण परीक्षण र तयारी पनि नेप्सेले पूरा गरिसकेको थियो। तर, अहिलेसम्म नेप्से–३० सञ्चालनको विषय टुंगो लागिसकेको छैन।

Esewa
Crest

नेप्सेका एक अधिकारीले नेप्सेको सञ्चालक समितिको बैठक साउनयता नेप्से–३० का विषयमा छलफल नै नभएको बताए। ‘सञ्चालकहरुको प्राथमिकतामा नेप्से–३० नपरेकोजस्तो देखिन्छ’, ती अधिकारीले भने।

अर्को कुरा नेप्से–३० धेरै चर्चा हुँदा यो सञ्चालनमा आउँदा दोस्रो बजारमा पर्ने प्रभावबाट पनि सञ्चालकहरु संवेदनशील भएको हुन सक्ने ती अधिकारीको भनाइ छ। ‘केही वर्षपहिले धितोपत्र बोर्डले जोखिमपूर्ण हुन सक्ने भन्दै ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ, त्यसले बजारमा नकारात्मक प्रभाव परेको थियो’, ती अधिकारीले भने, ‘नेप्से–३० का लागि छानिएका ३० वटा कम्पनी उत्कृष्ट हुने भन्दै तिनै कम्पनीहरुमा लगानीकर्ता झुम्मिँदा बजार सीमित खेलाडीले ठूलै फाइदा लिन सक्ने र यसबाट साना र सोझा लगानीकर्ता फस्न सक्ने भन्ने डर पनि सञ्चालकहरुमा परेको हुन सक्छ। यिनै कारणले पनि सञ्चालकहरुले नेप्से–३० प्रति खासै चासो नदेखिएको हुन सक्छ।’

नेप्सेमा अध्यक्ष र सञ्चालकहरु परिवर्तन भइरहनुले पनि नेप्से–३० ओझेलमा परेको हुन सक्ने ती अधिकारीको भनाइ छ। ‘पहिलेका अध्यक्ष र सञ्चालक नेप्से–३०को विषयमा बुझिसकेको अवस्था फेरि अध्यक्ष र सञ्चालकहरु परिवर्तन हुन्छन्’, ती अधिकारीले भने, ‘अनि नयाँ आउने अध्यक्ष र सञ्चालकलाई नेप्से–३०को विषयमा बुझाउँदा–बुझाउँदा समय घर्किसक्छ। यसले पनि नेप्से–३० सञ्चालनमा ल्याउन कठिन भइरहेको हो।’

आउँदा पुस २९ गते नेप्सेको वार्षिक साधारणसभापछि नेप्से–३० सञ्चालनमा ल्याउने प्रक्रिया बढ्छ कि भन्ने आशा गर्न सकिने ती अधिकारीले बताए। ‘सबै तयारी पूरा भइसक्यो, परीक्षण पनि सफल भएको छ, नेप्से–३० सञ्चालन कार्यविधि पनि पास भइसक्यो, धितोपत्र बोर्डले पनि सञ्चालनका लागि स्वीकृति दिइसकेको छ’, ती अधिकारीले भने, ‘तर, सञ्चालक समितिले सञ्चालनको मिति तय नगरेसम्म नेप्से–३० टुंगो लाग्ने देखिँदैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS