IME Life New

कालो बजारी नगर्न नेपाल उद्योग बाणिज्य महासंघको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर कोरोना भाइरसको प्रकोप फैलदै गर्दा नेपालमा केही व्यापारीहरुले कालो बजारी सुरु गरेपछि नेपाल उद्योग बाणिज्य महासंघले मानवीय संवेदनाप्रति ख्याल गर्दै नैतिकताभित्र रहेर व्यवसाय गर्न सबै व्यापारीहरुलाई आह्वान गरेको छ ।
निजी क्षेत्रको छाता संगठन महासंघले शुक्रबार एक बिज्ञप्ति प्रकाशित गर्दै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेकोले इमान्दारितापूर्वक जनतालाई सेवा दिन देशैभरिका सबै व्यवसायीहरुलाई आह्वान गरेको हो ।

बजारमा माक्स, स्यानिटाईजर, दैनिक उपभोग्य बस्तुहरु अभाव हुन थालेको समाचार आउन थालेपछि महासंघले शुक्रबार विज्ञप्ति जारी यस्तो आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘चीनबाट शुरू भएको कोरोना भाइरसका कारण अहिले विश्वनै चिन्तित छ । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसबाट सुरक्षित र सचेत रहन विश्व समुदायलाई आव्हान गरिसकेको छ । नेपाल पनि कोभिड–१९ भाइरसको उच्च जोखिमयुक्त राष्ट्रको रूपमा रहेको कुरा सबैमा विदितै छ । यतिखेर विश्वभरी नै उद्योग व्यवसाय खासगरी सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र विस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्दै जाने र त्यसको प्रभाव नेपालमा समेत पर्ने अनुमान गर्न सकिन्छ । यस कठिन परिस्थितिमा हामी सबै उद्योग व्यवसाय उद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउँबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएकोतर्फ महासंघ सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS