IME Life New

कालिञ्चोक दर्शनले १००% हकप्रद ल्याउने, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शनले आफ्ना शेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद ल्याउने भएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता हकप्रद जारी गर्नेछ।

Esewa
Crest

हकप्रद शेयरको प्रस्ताव पेस गर्न कम्पनीले आफ्नो १० औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको पिंगलास्थानस्थित बद्रीनाथ होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले हकप्रद शेयरको प्रस्ताव पारित गरेपछि नियमनकारी निकायहरुबाट स्वीकृति लिई निष्कासन गरिने कम्पनीले जनाएको छ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सञ्चालकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनलिे पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS