IME Life New

कालिका पावर कम्पनीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा चितवनको भरतपुर–१० स्थित दियालो फुडल्यान्ड चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा सहभागी हुन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS