IME Life New

कार्तिक महिनासम्म नबिलले सर्वाधिक नाफा कमाउँदा, अरु बैंकले कति कमाए ? (इन्फोग्राफ सहित )

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय सस्थाहरुको मासिक तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले कार्तिक महिनासम्म २५ अर्ब ३२ करोड खुद नाफा गरेका छन् । यो बैंकहरुको ४ महिना (साउन देखि कार्तिक) सम्मको नाफा हो ।

कार्तिक महिनासम्म २६ वाणिज्य बैंक मध्ये नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले २ अर्ब ३५ करोड खुद नाफा कमाउन सफल भएको छ । त्यस्तै एनआईसी एशिया बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । तेश्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले १ अर्ब ७५ करोड खुद नाफा गरेको छ ।

Crest

१ अर्ब भन्दा माथि नाफा गर्ने ९ वाणिज्य बैंक :
कार्तिकसम्म १ अर्ब भन्दा धेरै नाफा गर्ने ९ वाणिज्य बैंक रहेका छन् ।  १ अर्ब माथि नाफा गर्ने वाणिज्य बैंकमा नबिल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS