IME Life New

कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाल सरकारले सिंगो देश लकडाउन गरेको छ । लकडाउनका कारण सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको छ ।

Esewa
Crest

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिलाई जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ अध्यक्ष कमल थापामार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
यसैगरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंंं. ७ लाई ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं.–१ गुगौलीस्थित आगोलागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । साथै, बैंकले भण्डारखाल तथा पशुपति आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ ।

जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरि प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको छ । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS