IME Life New

कानुनी अड्चनले समस्यामा अन्तरराष्ट्रिय चेन होटल, सरकार समक्ष तत्काल फिटा संशोधन गर्न माग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफुहरु समस्यामा परेको बताएका छन् । उक्त होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका छन् । एक उच्चस्तरीय बैठकमा अन्तर्राष्ट्रिय होटल चेनका प्रतिनिधिहरूले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटी सो विषयमा जानकारी गराएका हुन् ।

उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्नेत, नेपालमा संचालित चेन होटलहरुका प्रतिनिधि अनिरुद्ध कुमार, उपाध्यक्ष होटल विकास, दक्षिण एशिया, एक्कोर, मिस जुही रोय निर्देशक होटल विकास, दक्षिण एशिया, मेरियट इन्टरनेशनल, निखिल शर्मा, मार्केट प्रबन्ध निर्देशक युरेशिया विन्डहम होटल्स एण्ड रिसोर्ट्स , अमित नागपाल, क्षेत्रीय उपाध्यक्ष विकास, हयात होटल्स कर्पोरेशन, भारत र दक्षिण एशिया, जावेद अली, रेडिसन होटल समूहको अपरेसन दक्षिण एशिया उपाध्यक्ष, अजय के बकाया, प्रबन्ध निर्देशक सरोवर होटल तथा आशिष ढकाल प्रबन्ध साझेदार ग्लोबल इक्विटी फन्डको उपस्थिती रहेको थियो ।

Crest

छलफलमा उनीहरुले अन्तरराष्ट्रिय होटल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुन्छ भने र उनीहरुको उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताएका थिए । अहिले फिटामा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेनहोटलहरु ल्याउन ठूलो समस्या सिर्जना गरेको बताएका छन् ।

अहिले नेपालमा रहेका अन्तरराष्ट्रिय चेन होटलहरुको कार्यसम्पादन समीक्षा गरी शुरु भएको र ती होटलहरुले पर्यटन क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यकोतर्फबाट उचित सहयोग हुनुपर्ने माग राखेका छन् ।

फिटामा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरैं जसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै यदि उक्त व्यवस्था रहिरहे नेपालमा संचालित विदेशी चेन समेत बाहिरिने सम्म अवस्थामा पुग्ने उनीहरुको चिन्ता थियो ।

छफलमा समितिका सभापति वस्नेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्नका निमित्त समेत अन्तरराष्ट्रिय चेनलाई नेपालमा सहज रुपमा आउने वातावरण बनाउनुपर्ने बताएका थिए । ‘अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तरराष्ट्रिय चेन होटलले हुने,’ वस्नेतले भने, ‘उनीहरुले आफ्ना देशका नागरिकलाई नेपालमा भ्रमणका लागि ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्छन तर, फिटामा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण भएका अन्तरराष्ट्रिय चेन समेत बाहिरिने अवस्थामा पुगेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS