IME Life New

कानुनको परिपालना गर्ने प्रतिबद्धतापछि आत्मनिर्भर लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नियमविपरीत कार्य गरेको भन्दै रोक्का राखेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ।

आत्मनिर्भर लघुवित्तले सोमबार नै पत्र पठाउँदै प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो।

Esewa
Crest

आत्मनिर्भर लघुवित्तको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ लाभांश घोषणासम्बन्धी निर्णय गरेर सोको जानकारी नेप्सेमा अर्को दिन पुस ८ गते कारोबार समय मध्याह्न १२ः१३ बजे नट्समार्फत पठाएपछि नेप्सेले सोमबार शेयर कारोबार रोक्का गरेको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा विवरण सोही दिन अथवा भोलिपल्ट कारोबार समयअघि पठाउनुपर्ने व्यवस्था छ। तर, आत्मनिर्भर लघुवित्तले कारोबार समयमा लाभांशसम्बन्धी सूचना पठाएकोले नेप्सेले कारबाही गरेको थियो। नेप्सेले ३ दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन पनि आत्मनिर्भर लघुवित्तलाई निर्देशन दिएको थियो।

यो लघुवित्त गत आर्थिक वर्षका लागि कुल १५ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

संस्थाले लाभांश पारित गर्न आफ्नो छैटौँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा दाङको घोराहीस्थित होटल माला इनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS