IME Life New

काठमाडौंबाट जारी भएको पास अब लकडाउन अवधिभर चल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रका लागि जेठ दुई गते जारी गरको निलो रंगको पास अब नविकरण गर्न नपर्ने भएको छ।

प्रशासन कार्यालय काठमाडौंले यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

Esewa
Crest

प्रशासनले अत्यावाश्यक सेवाका लागि खटिरहेकाहरुका लागि पास नवीकरण गर्न नपर्ने जनाएको छ । प्रशासनले यस अघि पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न क्रम बढेपछि प्रशासनले नवीकरण गर्न नपर्ने व्यवस्था गरेको हो ।

प्रशासनले जेठ २१ देखि सवारी पासका लागि निवेदन र प्रमाणपत्र खुल्ने कागजात कार्यालयको इमेलमा पठाउन र पास तयार भएको जानकारी प्राप्त गर्नको लागि कार्यालयमा सम्र्पक गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS