IME Life New

काठमाडौं विश्वविद्यालय र बीवाईडीको सहकार्यमा धुलिखेलमा चार्जिङ स्टेसन स्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं विश्वविद्यालय र बीवाईडीको सहकार्यमा धुलिखेलमा चार्जिङ स्टेसन स्थापना भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) र साईमेक्स इंक प्रालि बीवाईडीले काठमाडौं विश्वविद्यालय, धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसनको उद्घाटन गर्दै दिगो विकासको प्रवर्द्धनतर्फ कदम चालेको हो ।

चार्जिङ स्टेसनको औपचारिक उद्घाटन केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले गरेका थिए ।

Esewa
Crest

बीवाईडीले चार्जिङ स्टेसन बाहेक अनुसन्धान र शिक्षण गतिविधिहरूको लागि इलेक्ट्रिक सवारी साधनहरुको कम्पोनेन्टहरू प्रदान गरेको छ । यी कम्पोनेन्टहरू केयूमा प्रयोगशालाको सेटअपमा महत्वपूर्ण हुने बताइएको छ । साथै विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिहरूसँग प्रत्यक्ष रूपमा सहभागी हुन सहयोग मिल्ने पनि अपेक्षा गरिएको छ ।

‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो,र यस प्रकारको साझेदारी मार्फत, हामी विश्वको वातावरण मैत्री सवारी साधनहरूमा संक्रमणको गति बढाउने लक्ष्य राख्छौं,’ लिउ जुलियाङले भने, ‘बीवाईडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको छ । दिगो विकासको प्रवर्द्धनमा शैक्षिक क्षेत्रका संस्थाहरूको महत्वपूर्ण जिम्मेवारी छ । काठमाडौं विश्वविद्यालय हाम्रो साझेदार हो र हामी विद्यार्थीहरूलाई व्यावहारिक अनुभव र विकासशील इलेक्ट्रिक कार बजारमा नवीनतम प्रविधिहरूको प्रयोग गर्न चाहन्छौं ।’

यस सहकार्यको फलस्वरूप केयूले बीवाईडीको उद्योग, ज्ञान र अनुभवबाट धेरै लाभान्वित हुने अपेक्षा गरिएको छ । विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र संकाय सदस्यहरूले बढ्दो इलेक्ट्रिक सवारी साधनको बजारमा वास्तविक जीवन सिकाउने अनुभव पाउनेछन् ।

बीवाईडीले अतिथि व्याख्यानहरू, व्यावहारिक सत्रहरू, तिनीहरूको कम्पनी परिसरमा इन्टर्नशीपहरू र अनुसन्धानका लागि सवारी साधनहरूमा प्रयोग हुने उन्नत उपकरणहरूमा पहुँच प्रदान गर्छ । यसको उद्देश्य केयूका विद्यार्थीहरूलाई नेपाल र विश्वभरको हरित प्रविधि बजारको लागि तयार पार्नु रहेको पनि बताइएको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यको महत्वलाई जोड दिँदै भने, “बीवाईडीसँगको यो साझेदारी हाम्रो शैक्षिक पाठ्यक्रममा दिगो ऊर्जा समाधानहरू समावेश गर्ने दिशामा एक प्रमुख कदम हो । यसले हाम्रा विद्यार्थीहरूलाई नेपालमा हरित प्रविधिको भविष्यमा योगदान दिन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नेछ ।

केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि यो साझेदारीको भविष्यको बारेमा आफ्नो धाराण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS