IME Life New

काठमाडौंको साँखुमा बस दुर्घटना, तीनको मृत्यु, बीमा दावी कति पर्ला?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहिवार साँझ काठमाडौंको साँखुमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ५० भन्दा बढि घाइते भएका छन् ।

घटनामा यात्रु बीमा अन्तर्गत बीमा दावी पर्ने देखिएको छ । सार्वजनिक यातायातको साधन दुर्घटनामा परेकाले यात्रु बीमा दावी पर्नेछ । ती जनाको मृत्यु भएकोले मृत्यु बीमा, स्वास्थ्य उपचार बीमा तथा भौतिक सम्पत्तिको क्षतिको बीमा दावी पर्ने देखिएको छ । उपचाररत विरामीको स्वास्थ उपचार खर्चलगायतका दावी पर्ने देखिएको छ । प्रारम्भिक विवरण अनुसार करिब २५ लाख रुपैयाँ बीमा दावीपर्ने अनुमान गरिएको छ ।

Esewa
Crest

काठमाडौंस्थित पुरानोबसपार्कका लागि सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट बिहीबार अबेर छुटेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगल, लप्सेफेदी नजिकै दुर्घटना भएको हो । गाडी बीच सडकमै पल्टेर दुर्घटना भएको हो । घटनामा मिठु विकसहित ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । अन्य दुईको सनाखत भइसकेको छैन । घाइते ५० जना मध्ये एक बालकको अवस्था गम्भिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS