IME Life New

काठमाडौंको विमानस्थलमा मौषम बिग्रियो, बाराको आकाशमा जहाजको चाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा अवतरण गर्ने प्रयासमा रहेको श्रीएयरलाइन्सको जहाज सर्लाही छेऊ पुग्दै पुनः बारा फर्कदै गरिरहेको छ । १३ हजारको फिटमाथि उडिरहेको श्री एयरलाइन्सको जहाजले स्थीर रेखामा होल्ड हुन नसक्दा विभिन्न उपाय अवलम्वन गरिरहेको देखिन्छ ।

Esewa
Crest

काठमाडौंस्थित विमानस्थलमा अवतरणको क्रममा रहेको गोन्झाऊ–काठमाडौं उडानको चाउना साउथर्न एयरलाइन्सको जहाजले सात फन्को मारिसकेको छ । त्यस्तै कतारबाट आएको कतार एयरलाइन्सको जहाज पनि काठमाडौंको आकाशमै फन्को मारिरहेको छ । सिम्रिक एयरको जहाज पनि १२ हजार फिटको उचाई कायम गर्दै होल्ड भइरहेका छन् भने विराटनगरबाट आएको बुद्ध एयरको जहाज पनि बाक्लो ट्राफिक जाम देखेपछि ओखलढुंगाको माथि आकाशमा आएर होल्ड गर्दै पुनः बारातर्फ सोझिएको छ ।

काठमाडौको मौषम बिग्रेका कारण आज हवाई ट्राफिक भद्रगोल हुने पुगेको छ । आन्तरिक तथा बाह्य उडानका जहाजहरु लामो होल्डमा बस्न बाध्य भएको विमानस्थल कार्यालयले स्वीकार गरेको छ । जटिल भुगोल र खराव मौषमका कारण नेपालको हवाई यात्रा जोखिमपूर्ण हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS