IME Life New

काठमाडौंको टोखामा दुई जनालाई पहिरोले पुर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन दिनदेखि जारी अविरल वर्षाको कारण राजधानी काठमाडौंको टोखामा दुई जना बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार विहान करिब १०ः३० बजेको समयमा आएको पहिरोले स्थानीय राना परिवारका जुम्ल्याहा बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बर्षिय सचिन राना र सन्धा राना छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।

Esewa
Crest

अविरल वर्षाको कारण राजधानी काठमाडौंमा बाढीले असर गरेको छ । काठमाडौंको मनोहरामा हनुमन्ते खोला पसेर स्थानीयबासीलाई उठिबास लगाएको छ । कैयौं घरहरुबाट मानिसहरु छतमा बसेका छन् भने केही अन्यत्र सरेका छन् । त्यस्तै टेकु दोभान लगायतका तटिय क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा बाढी डुबाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS