IME Life New

कांग्रेस एक ढिक्का भयो भने जुनसुकै समस्या समाधान हुन्छः अर्थमन्त्री डा. महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘विस्तारित परिवारमा समस्या आउँछ, प्रश्न उठ्छ, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुन्छ, तर परिवारभित्रको विवाद मिलाउँदै अगाडि बढ्नुपर्छ ।’

मन्त्री डा. महतले भने, ‘अहिले हामी संघर्षको राजनीतिमा छैनौं, सत्ता राजनीतिमा छौं । संघर्ष राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिन र लिने दुवै हुन्छ । मैले पनि जिम्मेवारी पाउनु पर्छ भन्ने राजनीतिमा आज हामी छौं । संख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउँदैनन् ।’

Esewa
Crest

‘अरुकोभन्दा हामी आफैभित्रको आलोचना बढी गछौं, यो कांग्रेसभित्रको समस्या हो । हामी विपक्षीबारे खासै बोल्दैनौं, आफ्नै साथीभाइ र पार्टीका बारेमा ज्यादा बोल्छौं’ मन्त्री डा. महतले भने, ‘हामी ठूलो संख्यामा छौं, व्यक्तिगत स्वतन्त्रमा विश्वास गछौं । जसले गर्दा सबै कुरा अभिव्यक्त गर्नुपर्ने ठाउँमा पनि हुन्छ, नगर्नुपर्ने ठाउँमा पनि हुन्छ ।’

जिम्मेवारीमा रहेका साथीहरुले समेत जहाँ भन्नुपर्ने हो, त्यहाँ भन्दैनौं, छलफल गर्दैनौं, प्रस्तावका रुपमा अगाडि बढाउँदैनौं, मन्त्री डा.महतले भने, तर बाहिर राख्छौं । यस किसिमको त्रुटी हाम्रो छ ।’

‘०४६ साल अगाडि सुनौलो जमाना थियो, अहिले नेताले देश विगारे भन्ने भाष्य सामाजिक सञ्जालमा जर्बजस्ती स्थापित गराइँदैछ । के त्यो सत्य हो ? प्रतिप्रश्न गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘नयाँ पिढी जो सामाजिक सञ्जालमा अभ्यस्त छ, तर बाहिर के भइरहेको छ भनेर जानकारी लिइरहेको हुन्छ, तर हामी कुन परिस्थितिबाट गुज्रियौं, जनताको जीवनस्तर कस्तो थियो भन्ने विषय उनीहरुलाई थाहा छैन ।’

नागरिकको अधिकार डिरेल गर्नेहरु मौकाको खोजीमा छन् । नागरिकको अधिकार खोसियो भने, खोसिन थाल्यो भने, ठूलो कुरा गरेर आउनेहरु एक दिन पनि नटिक्ने मन्त्री डा. महतले दाबी गर्नुभयो । उहाँले लोकतन्त्रमाथि खतरा आयो, जेलनेलको सामना गर्नुपर्यो कांग्रेस तयार हुनुपर्ने बताए ।

पार्टीभित्र समस्या हुन्छ, सबैको आकांक्षा एकैपटक पूर्ति गर्न नसकिने स्पष्ट पार्नुहुँदै मन्त्री डा. महतले भने, ‘आजको दिन वा भोलिका दिनमा पनि नेपाली कांग्रेसको सान्दर्भिकता छ ।’ अहिलेको मिसन भनेको एक ढिक्का कांग्रेस भएको स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘कांग्रेस एक ढिक्का भयो भने जुनसुकै समस्या समाधान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS