IME Life New

कस्तो रह्यो यो साता शेयर बजार ? कुन–कुन सेक्टर बढ्यो/घट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजार ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ। यो साता शेयर बजारमा ६१.९६ अंकको गिरावट आएको छ। अघिल्लो साता २१३१.४९ को विन्दुमा बन्द भएको नेप्से परिसूचक २०६९.५३ को विन्दुमा बन्द भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटा समूह यो साता घटेको छ भने ३ वटा समूहमात्रै बढेको छ। यो साता होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूह क्रमशः १.४ प्रतिशत, ३.८६ प्रतिशत र ०.३७ प्रतिशतले बढेका छन्।

Esewa
Crest

यो साता बैंकिङ समूह ६.१६ प्रतिशतले घट्दा विकास बैंक समूहमा २.६२ प्रतिशत, वित्त समूहमा ०.५१ प्रतिशत, जलविद्युत समूहमा १ प्रतिशत, लगानी समूहमा १.६३ प्रतिशत, जीवन बीमा समूहमा २.८१ प्रतिशत, लघुवित्त समूहमा ४.९४ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.२५ प्रतिशत, अन्य समूहमा १.७७ प्रतिशत र व्यापार समूहमा ०.६६ प्रतिशतको गिरावट आएको छ।

बजार घट्दा लगानीकर्ताको सम्पत्ति पनि २.९१ प्रतिशतले घटेको छ। अघिल्लो साता नेप्सेको कुल बजार पुँजीकरण ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा यो साता घटेर ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ। लगानीकर्ताको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS