IME Life New

कलैया उपमहानगरपालिकामा समिति, बीमाको दायरा बढाउन स्थानीय तहलाई ‘बीमा नीति’ बनाउन अध्यक्षको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कलैया उपमहानगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्य, स्थानिय निकायमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो । त्यस्तै स्थानीय निकायको तर्फबाट मेयर राजेश राय यादव, उपमेयर रहिमा खातून, सम्पुर्ण वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, कृषक, उद्योगी, व्यवसायी, शिक्षक लगायतको उपस्थिति थियो ।

बीमा समितिका निर्देशक लालले बीमा सम्बन्धि जानकारीमुलक प्रस्तुति दिएका थिए । उनले बीमाको सामान्य परिचयदेखि यसका फाइदा, प्रकृयाँ, दाबी भुक्तानी लिने तरिका लगायको विषयमा जानकारी दिएका थिए । लालको प्रस्तुति पछि मेयर यादवले यस क्षेत्रमा बीमा सम्बन्धि सामान्य पनि जानकारी नभएको उल्लेख गरेका थिए । बीमा समितिको यस्तो कार्यक्रमले बीमा सम्बन्धी धेरै जानकारी प्राप्त भएको भन्दै उनले यसै महिनामा हुन लागेको नगर सभाबाट बीमा सम्बन्धि नीतिलाई पारित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले बीमा सरकारकै कार्यक्रम भएकाले सहयोग गर्ने बताएका छन् ।

Esewa
Crest

अध्यक्ष सिलवालले स्थानीय निकायलाई बीमा नीति लागु गरेर बीमाको दायरा बढाउनु पर्नेमा जोड दिएका थिए । उनले सरकारले दिएको अनुदानलाई उच्चतम प्रयोग गर्नका लागि पनि स्थानीय निकायले यसलाई प्राथमिकतामा राख्ने पर्ने बताएका थिए । स्थानीय सरकारले राहतका प्याकेज दिनु भन्दा जनताको बीमा गरिदिएमा बीमा कम्पनीहरुले नै दाबी भुक्तानी गरिदिने भएकाले स्थानीय सरकारलाई धेरै आर्थिक भार नपर्ने भन्दै उनले स्थानीय तहलाई बीमा नीति बनाएरै अगाडि बढ्न अनुरवध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS