IME Life New

कर तिरेको भौचर नबुझाए पनि पाउने भए सगरमाथा इन्स्योरेन्सका शेयरधनीले बोनश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले राहत पाउने भएका छन। कम्पनीले बोनस पाउनको लागि कर तिरेपछि कर तिरेको सक्कली भौचर अनिवार्य रुपमा कम्पनीमा वा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बुझाउन कम्पनीले अनुरोध गरेको थियो । तर यसको वारेमा आलोचना भएपछि कम्पनी र क्यापिटल दुवैले यस निर्णयलाई खारेज गरेका छन् ।

क्यापिटलले सक्कली भौचर क्यापिटलमा वा कम्पनीमा बुझाउनु पर्ने हुँदा राजधानी बाहिरका लगानीकर्ताले सास्ती दिएको भन्दै चर्को आलोचना गरेका थिए । अब भने लगानीकर्ताले त्यस बाट मुक्ति पाएका छन् ।

Esewa
Crest

अब लगानीकर्ताले बोनसको लागि ग्लोबल आईएमई बैंकमा बुझाएको रकमको भौचर इमेलबाट क्यापिटलमा पठाउन सक्ने छन् । त्यस्तै भौचर नबुझाए पनि स्टेटमेन्टमा देखिएको विवरण अनुसार लगानीकर्ताको नाम र डिम्याट नम्बर रुजु गरी बोनस लगानीकर्ताको खातामा पठाइने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलले कर वापतको रकम बुझाउदा अनिवार्य रुपमा आफ्नो डिम्याट नम्बर, आफ्नो परिचय नम्बर, नाम त्तहा सम्पर्क नम्बर स्पष्ट संग लेख्न आग्रह गरेको छ । सक्कली भौचर नहुँदा यहि विवरणको आधारमा शेयर खातामा पठाईने भएकोले विवरण स्पष्ट संग राख्न क्यापिटलले आग्रह गरेको हो ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक बर्ष ७४र७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस वितरण गर्न लागेको हो । कम्पनीले करमा लाग्ने रकम भने व्यबस्था नगरेकोले कर लगानीकर्ता आफैले तिर्नु पर्ने भएको हो । कम्पनीले बोनस दिने तर करको लागि रकम ब्यबस्था नगर्दा लगानीकर्तालाई सास्ती भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS