IME Life New

कर्मचारी सञ्चय कोषको धितो कर्जा सिधै सेवाग्राहीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभ ग्राहीको बैंक खातामा जम्मा हुने भएकोे छ । उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ्ग हाउसको एनएचएल–आईपीएस ई–पेमेन्ट प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको हो ।

कोषको प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान लगायात बैंक तथा दुबै संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच उक्त कार्यको शुभारम्भ गरिएको हो ।

Esewa
Crest

आफ्ना सम्पूर्ण भुक्तानी तथा संकलनहरु सोझै बैंकखाता मार्फत गर्ने क्रममा कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्विकृत भएको आवास कर्जाको भुक्तानी हालको लागी हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ ।

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्विकृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिने छ भने सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु नपर्ने भएको छ ।

यसरी जम्मा हुने रकममध्ये दश लाख सम्मको रकम कनेक्ट आईपीएसमार्फत रियल टाइममा जम्मा हुनेछ तथा सोभन्दा माथीको रकम एनएचएल–आईपीएस मार्फत सेटल्मेन्ट पश्चात सोही दिन वा अर्को दिन भुक्तानी गरिने व्यवस्था रहेको छ ।

वार्षिक २।५ लाखको संख्यामा भुक्तानी गर्ने यस कोषले कर्जा व्यवस्थापन सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्न आफ्नो सेवा विस्तारको क्रमलाई अझ सुढृढ गरीे विद्युत्तीय प्रणालीको प्रयोग गरी महत्वपूर्ण कदम चालेको छ । यस प्रणालीले कोषको आन्तरिक सन्चालन कार्यमा सहजता ल्याउनुका साथै लाभग्राहीलाई थप सुविधा प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS