IME Life New

‘कर्णाली’ समस्याग्रस्त घोषणा भएसँगै क्षेत्रीयस्तरका विकास बैंकको शेयरमा बिक्री चाप, मूल्यमा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै आज अन्य क्षेत्रीयस्तरका विकास बैंकको शेयरमा बिक्री चाप देखिएको छ। ती विकास बैंकहरुको शेयरभाउमा भारी गिरावट आएको छ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरिसकेको छ। अब समस्या समाधान नभएसम्म उक्त बैंकको शेयर कारोबारमा आउने छैन।

Esewa
Crest

कर्णाली डेभलपमेन्ट बैंकमाथिको कारबाहीले लगानीकर्ता आत्तिएर अन्य क्षेत्रीयस्तरका विकास बैंकको शेयर पनि बेच्न थालेका छन्। सोही कारण अन्य क्षेत्रीयस्तरका विकास बैंकको शेयरमा बिक्री चाप देखिएको हो।

यो समाचार तयार पार्दासम्म कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।

त्यस्तै अहिलेसम्म उच्च कारोबार शीर्ष १० कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक परेका छन्। सप्तकोशीको सवा ८ करोड रुपैयाँ र सिन्धुको पौने ८ करोड रुपैयाँ बढीको शेयर कारोबार भइसकेको छ। नारायणी डेभलपमेन्ट बैंकको पनि करिब ३ करोड रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंककोे पौने ३ करोड रुपैयाँबराबरको शेयर कारोबार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS