IME Life New

कर्जा पुनरतालिकामा बिग हाउसहरुलाई राहत, राष्ट्र बैंकले दियाे थप ६ महिनाकाे माेहलत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बै‌ंकले काेराेना महामारीका कारण प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेकाे कर्जाकाे पुनरतालिकीकरणका लागी ६ महिनाकाे म्याद थप गरेकाे छ। असुल्नुपर्ने ब्याजकाे १० प्रतिशत रकम असुलेर बैंक तथा वित्तीय संस्थाले २०८० पाैष मसान्तसम्ममा कर्जा पुनरतालिकीकरण गरिसक्नुपर्ने प्रावधान लागू गरेर राष्ट्र बैंकले ऋणी उद्याेगी व्यवसायी र कर्जा प्रदायक बैंकलाई केही राहत दिएकाे हाे ।

राष्ट्र बै‌ंकले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालनकाे साथै निर्माण उद्याेगहरू सिमेण्ट, डण्डी,इँटा,ब्लक,पाईप एण्ड फिटिङ्गस् उद्याेग, शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक,दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको सबै कर्जा रकम पुनरतालिकीकरणकाे सुविधा अवधिलाई असार मसान्तबाट पाैष मसान्त पुर्याएकाे हाे । यसअघिकाे एकीकृत निर्देशनमा निर्माण उद्याेग मात्र उल्लेख गरिएकाेमा स‌ंशाेधित निर्देशिकामा निर्माण उद्याेगलाई परिभाषित गर्दै निर्माण कार्यमा प्रयाेग हुने सिमेण्ट, डण्डी, पाइपफिटिङ्गस र ब्लक उद्याेगलाई समेत समावेश गरेकाे छ।

Esewa
Crest

यसैगरी ५ करोड रुपैयाँसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग,व्यवसायको नगद प्रवाह तथा आम्दानीे
विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरेर कर्जाको पुनरतालिकीकरण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेकाे छ।

कर्जा पुनरतालिकीकरणका लागी बैंकले पालना गर्नुपर्ने शर्तहरूः

(१) यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८० पुस मसान्तभित्र गरिसक्नुपर्नेछ।
(२) २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ ।
(३) उपर्युक्त बमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
(४) यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS