IME Life New

करोडौको अनलाईनले हजारको पनि काम गरेन ! नयाँ स्टक एक्सचेन्जको आवश्यकता महसुस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  संसार धेरै माथि पुगिसेको थियो, हाम्रो शेयर बजार भने बल्ल डिजिटल युगमा प्रवेश गर्दै थियो । प्रमाणपत्र कारोवार हुने हाम्रो शेयर बजारमा प्रमाण पत्रको शेयर डिम्याटमा आएसँगै शेयर बजारले ठूलो फड्को मारेको थियो तर पनि आधुनिक शेयर बजारको एउटा प्रमुख खम्बा थियो पूर्ण स्वचालित अनलाईन शेयर कारोवार प्रणाली जो आउँन निकै ढिलो भयो ।  धेरै पछि नेपाली लगानीकर्ताले अनलाईन मार्फत शेयर कारोवार गर्न बाटो खुला भयो । राजधानीको तारे होटलमा अर्थमन्त्रीको हातबाट अनलाईन प्रणाली उद्घाटन गरियो तर अनलाईन पूर्ण रुपमा कहिले पनि अनलाईन हुन सकेन ।

टिएमएस त कुरै छोडिदिनुस , थोरै चल्छ र धेरै बिग्रिन्छ ।

Esewa
Crest

अनलाईन प्रणाली आए पछि ब्रोकरको व्यवहारसँग दिक्क भएका लगानीकर्ताहरुले अब भने शेयर बेचे पछि डिम्याटबाट शेयर आफै कट्ला र  सो बिक्री भएको रकम आफ्नो खातामा सिधै आउँला र शेयर खरिद गरे पछि सजिलै रकम तिर्न सकिएला भनी सोचेका थिए तर लगानीकर्ताले सोचे जस्तो अहिले सम्म भएको छैन । अनलाईन आएको निकै लामो समय हुँदा समेत अनलाईन पूर्ण स्वचालित हुन नसक्नु नेप्सेको पूर्ण रुपमा असफलता भन्दा फरक पर्दैन ।  लगानीकर्ताहरुले ब्रोकरहरुले यति दिन सम्म पैसा दिएनन, डिम्याटमा शेयर आएन जस्ता दु:ख सामाजिक संजालमा पोख्न बाध्य छन् ।

अनलाईन कारोवार प्रणाली बनाउन करोडौ खर्च गरेको नेप्सेले लगानीकर्तालाई हजार बराबरको सुविधा पनि दिन सकेको छैन ।

टिएमएस त कुरै छोडिदिनुस , थोरै चल्छ र धेरै बिग्रिन्छ । नेप्सेले एउटा सूचना  निकालेर माफी माग्दा पुग्छ , लगानीकर्ताको कारोवार हुने अर्बौ रकमको मर्म नेप्सेले बुझ्न सकेको छैन ।  कहिले वेवसाइट र टिएमएसमा फरक तथ्यांक देखिन्छ , कहिले लगानीकर्ताले वास्तविक समयमा तथ्यांक पाउन सकेको अवस्था छैन ।  टिएमएस लगानीकर्ताले भनेको बेला नचल्ने र धुमिरख्ने समस्या कति हो कति  ? शेयर बेच्दा दुई पटक शेयर बिक्री हुने, हालेको अडर परिवर्तन गर्न नमिल्ने जस्ता समस्या कति कति ?

वास्तवमा भन्नु पर्दा नेपालको एक मात्र स्टक एक्सचेन्ज नेप्सेले लगानीकर्तालाई दिन प्रति दिन धोका दिँदै आएको छ । अनलाईन कारोवार प्रणाली बनाउन करोडौ खर्च गरेको नेप्सेले लगानीकर्तालाई हजार बराबरको सुविधा पनि दिन सकेको छैन ।

अहिले दिन प्रति दिन अनलाईन प्रयोगकर्ता वृद्धि भएको अवस्थामा नेप्सेले कारोवार प्रणालीले काम गर्न सकेको छैन । निकट भविष्यमा अनलाईन प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गए पछि के होला भन्ने चर्चा चल्न थालिसेकको छ । अन्तरास्ट्रिय स्तरको अनलाईन दावी गर्दै आएको नेप्सेले धेरै पर जानु नै पर्दैन । भारतको अनलाईन  कति पटक बिग्रियो त्यो हेर्दा नै पुग्छ ।

यसरी आज राम्रो होला, भोली राम्रो होला भन्दा भन्दै लगानीकर्ताको निकै लामो समय बितिसक्यो । शेयर बजारलाई नजिकबाट हेरेका केही व्यक्तिले अब नयाँ स्टक एक्सेञ्जको चाहिने आफ्नो विचार राख्न थालेका छन् ।  सामान्यत दिनमा  २०० भन्दा थोरै शेयर कारोवार हुने हाम्रो शेयर बजारमा दुईवटा स्टक एक्सेञ्ज आवश्यकता होइन । तर पनि नेप्सेको कारोवार प्रणालीले गर्दा लगानीककर्ताहरु अर्को स्टक एक्सेञ्ज चाहिन्छ भन्ने विचारमा बहस गर्न थालेका छन् ।

अब अर्को स्टक एक्सचेन्ज  खोल्न धितोपत्र बोर्डले पनि ढिला गर्नु हुँदैन । सरकारले पनि यो काम अब छिटै सुरु गर्नु पर्छ नभए अहिलेको शेयर कारोवार गर्ने पुस्ताले दु:ख मात्र पाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS