IME Life New

करिब ४००%ले बढ्यो क्लोजआउटका घटना, शेयर लगानीकर्ताले तिरे रु. ६.६५ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सामान्य लापरबाहीले लगानीकर्ताले बर्सेनि ठूलो धनराशि जरिवानास्वरुप तिर्दै आएका छन्।

हाल शेयर कारोबार प्रविधिमैत्री रहेको छ। यद्यपि, कतिपय लगानीकर्ता प्रविधि नबुझेर हो वा लापरबाही गर्दा क्लोजआउटमा पर्दै आएका छन्। आफूले बेचेको शेयर निर्धारित समयभित्र ईडीआईएस (हस्तान्तरण) नगर्दा लगानीकर्ताहरु क्लोजआउटमा पर्दै आएका छन्। क्लोजआउटमा पर्दा आफूले गरेको कारोबारको २० प्रतिशत रकम जरिवानास्वरुप तिर्नुपर्छ।

Esewa
Crest

सीडीएससीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०।८१ मा २९ लाख ७१ हजार ८९४ वटा घटना भएका छन्। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा करिब ४०० प्रतिशतले बढको छ। अघिल्लो वर्ष क्लोजआउटका ६ लाख २ हजार २३८ वटामात्रै घटना भएका थिए।

क्लोजआउटअन्तर्गत गत आर्थिक वर्षमा ३३ करोड २६ लाख ३५ हजार ६३८ रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २० करोड ८९ हजार रुपैयाँबराबरको मात्रै क्लोजआउटअन्तर्गत कारोबार भएका थिए।

गत आर्थिक वर्षमा क्लोजआउटमा परेका लगानीकर्ताहरुले ६ करोड ६५ लाख २७ हजार १२७ रुपैयाँ जरिवाना तिरेका छन्। अघिल्लो वर्ष लगानीकर्ताले ४ करोड १७ हजार ८५७ रुपैयाँ तिरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS