IME Life New

करिब ३०% लघुवित्तले मात्रै घोषणा गरे लाभांश, अधिकांशले बनाए शेयरधनीलाई निराश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुमध्ये करिब ३० प्रतिशतले मात्रै आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण गर्ने घोषणा गरेका छन्। हाल नेप्सेमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरु सूचीकृत छन्। जसमा जम्मा १५ वटाले मात्रै उक्त आर्थिक वर्षका लागि लाभांश दिने घोषणा गरेका छन्। यो संख्या भनेको २७.२७ प्रतिशतमात्रै हो। यो हिसाबले ७० प्रतिशत बढी लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई निराश बनाएको देखिन्छ।

पछिल्लो समय अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा चुलिएको छ। जसका उनीहरुले छुट्याउने इम्पेयरमेन्ट चार्ज पनि बढेको देखिन्छ। खराब कर्जा उकालो लाग्नु र उनीहरुले छुट्याउने इम्पेयरमेन्ट चार्जको आकार पनि बढ्नुले अधिकांश लघुवित्त वित्तीय संस्था शेयरधनीहरुलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका हुन्।

Esewa
Crest

आर्थिक वर्ष २०७९/८० का लागि अधिकांश लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशतभन्दा कम लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गरेकामध्ये ६ वटा लघुवित्त संस्थाले कुल १५ प्रतिशत लाभांश घोषणा गरेका छन्।

यसैगरी २ वटा लघुवित्तले १४ प्रतिशत माथि र २ वटा लघुवित्तले १३ प्रतिशत माथि लाभांश वितरण गर्ने घोषणा गरेका छन्। बाँकी ५ वटा लघुवित्तले भने ५ प्रतिशतभन्दा माथिदेखि १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

यीमध्ये अधिकांश लघुवित्त संस्थाको वार्षिक साधारणसभा भइसकेका छन्। केहीको अझै वार्षिक साधारणसभा हुन बाँकी रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS